२०८३ आश्विन १८ गते, आईतवार ११:१६

स्वास्थ्य क्षेत्रमा अबको पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति पु¥याउने सरकारको योजना छः मन्त्री पौडेल

मधेस प्रदेशमा विशेष सुविधा सम्पन्न मिर्गौला उपचार केन्द्र स्थापना गर्ने तथा काठमाडौंमा आधुनिक सुविधासहितको राष्ट्रिय न्युरो उपचार केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • स्वास्थ्य मन्त्री पौडेलले दशकौँदेखि रोकिएको संगठन तथा व्यवस्थापन सुधार प्रक्रिया अघि बढाएको र आगामी पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने योजना सार्वजनिक गर्नुभयो
  • सातै प्रदेशमा संघीय अस्पतालमार्फत विशिष्ट सेवा उपलब्ध गराउने, मधेसमा मिर्गौला केन्द्र र काठमाडौंमा न्युरो उपचार केन्द्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ।
  • संघीय अस्पतालहरूको पूर्वाधार विकास र रोकथाममुखी स्वास्थ्य कार्यक्रमहरूमा सन्तुलित लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताइएको छ।

काठमाडौँ-

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा दशकौँदेखि हुन नसकेको संगठन तथा व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाएको दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रत्येक वर्ष दुई हजार पाँच सय स्वास्थ्य जनशक्ति थप्ने लक्ष्यसहित अबको पाँच वर्षमा कुल १२ हजार दक्ष जनशक्ति पु¥याउने सकारको योजना रहेको बताउनु भयो ।

उहाँले सातै प्रदेशमा एक-एक वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सघन जलन उपचार, मुटु, मिर्गौला प्रत्यारोपण तथा क्यान्सरजस्ता विशिष्ट सेवा उपलब्ध गराइने व्यवस्था गरिएको बताउनु भयो ।उहाँले मधेस प्रदेशमा विशेष सुविधा सम्पन्न मिर्गौला उपचार केन्द्र स्थापना गर्ने तथा काठमाडौंमा आधुनिक सुविधासहितको राष्ट्रिय न्युरो उपचार केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिएको बताउनु भयो ।

मन्त्री पौडेलका अनुसार संघीय अस्पतालहरूको सुदृढीकरण अन्तर्गत कोशी अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राप्ति र भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल पाटन, संक्रामक रोग अस्पताल टेकु, पोखरा स्थित आयुर्वेद तथा प्राकृतिक चिकित्सा अस्पताल, नरदेवी आयुर्वेद अस्पताल लगायतका पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।

उहाँले सरकार उपचारमुखी सेवामात्र नभई नागरिकमा रोग लाग्न नदिन पूर्व–तयारी तथा रोगको रोकथामका कार्यक्रमहरूमा समेत सन्तुलित लगानी गर्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस