२०८३ आश्विन १८ गते, आईतवार ११:१५

मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न अध्यक्ष ओलीको निर्देशन

ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ०८४ मा लाग्न निर्देशन दिनुभएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संगठनलाई मिसन ०८४ लाई लक्ष्य बनाएर योजनाबद्ध ढंगले अघि बढ्न निर्देशन दिनुभयो।
  • उहाँले युवाहरूलाई रोजगारी, हकहित र नेतृत्वमा सक्रिय हुँदै एकीकृत भएर विकृति र विचलनबाट जोगिन आग्रह गर्नुभयो।
  • ओलीले युवाहरूलाई इनोभेटिभ तरिकाले दक्षता र उपलब्धि हासिल गर्न प्रेरित गर्नुभयो।

काठमाडौँ-

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ०८४ मा लाग्न निर्देशन दिनुभएको हो ।

उहाँले संगठनको युवाको हक हित, रोजगारीका कुराहरुका साथसाथै मिसन ०८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । मिसन ०८४ भुल्न नहुने बताउँदै यसका लागि एकीकृत हुनु जरुरी रहेको बताउनु भयो । कुनै प्रकारको विकृत कुराबाट विचलित नहुन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गर्नुभयो ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस