२०८२ असार २९ गते, आईतवार ०३:१३

इथियोपिया सरकारले भिजिट इथियोपिया नामक डिजिटल प्लेटफर्म शुरु गरेको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • उद्देश्य: इथियोपिया सरकारले पर्यटकहरूको लागि यात्रा बुकिङ सरल बनाउन र पर्यटन सेवाहरूलाई एकीकृत अनलाइन बजारमा ल्याउन भिजिट इथियोपिया डिजिटल प्लेटफर्म शुरू गरेको छ।
  • विकास र प्रवद्र्धन: पर्यटन मन्त्रालय र सूचना सञ्जाल सुरक्षा प्रशासनद्वारा विकसित, यो प्लेटफर्मले डिजिटल प्रविधिमार्फत इथियोपियाको पर्यटकीय आकर्षण र व्यावहारिक जानकारी प्रदर्शन गरी देशलाई आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्छ।
  • विश्व सम्पदा: इथियोपियामा १२ युनेस्को विश्व सम्पदा स्थलहरू छन्, जसलाई यो प्लेटफर्मले पर्यटकहरूका लागि एक–स्टप बुकिङ सेवामार्फत हाइलाइट गर्नेछ।

काठमाडौं-

इथियोपिया सरकारले भिजिट इथियोपिया नामक डिजिटल प्लेटफर्म शुरु गरेको छ । जसको उद्देश्य पर्यटकहरूको लागि यात्रा बुकिङलाई सरल बनाउनु र सम्बन्धित सेवाहरूलाई एउटै अनलाइन बजारमा ल्याउनु हो ।

इथियोपियाको पर्यटन मन्त्रालय र सूचना सञ्जाल सुरक्षा प्रशासनद्वारा संयुक्त रूपमा विकसित यो प्लेटफर्म डिजिटल प्रविधिमार्फत देशको विविध पर्यटन स्रोतहरूलाई राम्रोसँग प्रवद्र्धन गर्न डिजाइन गरिएको हो ।

इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री सेलामावित कास्साले प्लेटफर्मले पर्यटकहरूको लागि एक–स्टप बुकिङ सेवा प्रदान गर्नेछ । पर्यटकीय आकर्षणहरू प्रदर्शन गरेर र व्यावहारिक जानकारी प्रदान गरेर इथियोपियालाई मनपर्ने गन्तव्यको रूपमा प्रवद्र्धन गर्नेछ ।

इथियोपियामा १२ संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) विश्व सम्पदा स्थलहरू छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस