२०८२ असार २८ गते, शनिबार ०१:३४

भारतको पश्चिमी राज्य गुजरातमा बुधवार पुल भत्किँदा सवारी साधन नदीमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन् ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मृत्यु र घाइते: गुजरातको गम्भीरा पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। प्रहरीले नदीबाट १२ शव निकालेको पुष्टि गरेको छ।
  • पुलको अवस्था: ४३ वर्ष पुरानो यो पुल आनन्द र बडोदरालाई जोड्छ। भत्किँदा दुई ट्रक, दुई भ्यान र एक अटोरिक्सा महिसागर नदीमा खसे, जसले यातायातमा अवरोध भएको छ।
  • उद्धार र राहत: उद्धार कार्य जारी छ, स्थानीय र एनडीआरएफ टोली सक्रिय। प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५०,००० को राहत घोषणा गरे।

काठमाडौं-

भारतको पश्चिमी राज्य गुजरातमा बुधवार पुल भत्किँदा सवारी साधन नदीमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन् ।

चार दशक पुरानो गम्भीरा पुलको एक भाग भत्किँदा राज्यको आनन्द र बडोदरा शहरहरू बीचको सम्पर्क विच्छेद भएको छ । परिणामस्वरूप यस क्षेत्रमा सवारी साधनको आवागमन प्रतिकूल रूपमा प्रभावित भएको छ ।

प्रहरीले नदीबाट नौ जना शव निकालेको पुष्टि गरेको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस