२०८२ असार २७ गते, शुक्रबार २३:१४

काठमान्डौँ-

नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराई–मधेश क्षेत्रमा रहेको खानेपानी र सिंचाईको समस्या समाधान गर्ने सवालमा सरकार गम्भिर नदेखिएको भन्दै संसदीय समितिको ध्यानकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीवारको बैठकमा बोल्दै सांसद यादवले यस्तो तराई क्षेत्रको सिंचाइ, मल र खानेपानीको समस्या समाधानतर्फ कुनैपनि तहको सरकार गम्भिर नरहेको बताउनुभएको हो । तराईलाई अन्नको भण्डार भनिएपनि पर्याप्त सिंचाई सुविधा नहुँदा हालसम्म २० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको यादवको भनाइ छ । उहाँले मौलिक हकमै उल्लेख गरिएको खानेपानीका समस्या समाधान गर्न समेत संघ, प्रदेश र स्थानीय तहको सरकार गम्भिर हुन नसकेको बताउनु भयो ।

उहाँले समयमै मल वितरण नगरी सरकारले वर्षेनी किसानलाई धोका दिइरहेको पनि आरोप लगाउनु भयो । उहाँले किसानलाई समयमै मल उपलब्ध गराउन आवश्यक पहलकदमी लिन समेत सरकारसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस