काठमाडौं-

टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित राष्ट्रव्यापी कारबाहीमा ९१० जनालाई पक्राउ गरेको छ । १ हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताउनु भयो । विगत दुई हप्तामा मात्र टर्कीका जेन्डरमेरी सेनाले अंकारा र अन्य १९ प्रान्तहरूमा समन्वित छापा मारेर ५० जना संदिग्धहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये ३३ जनालाई औपचारिक रूपमा पक्राउ गरिएको छ । पाँच जनालाई न्यायिक नियन्त्रणमा राखिएको छ भने बाँकीलाई कारबाही भइरहेको छ । ती व्यक्तिहरूलाई आन्दोलनको वर्तमान संरचना भित्र गतिविधिहरू सञ्चालन गर्ने, पेफोनमार्फत वरिष्ठ कार्यकर्ताहरूसँग सम्पर्क कायम राख्ने, आन्दोलनसँग संवद्ध संस्थाहरूलाई वित्तपोषण गर्ने र सामाजिक सञ्जालमा यसको प्रचार फैलाउने आरोप लगाइएको छ । टर्की सरकारले गुलेन आन्दोलनलाई आतंकवादी संगठनको रूपमा वर्गीकृत गरेको छ ।
जुलाई १५, २०१६ को कू प्रयासको लागि जिम्मेवार ठहराएको छ । जसमा २५० भन्दा बढी मानिसहरू मारिएका थिए । यो आन्दोलनको नेतृत्व टर्कीका धर्मगुरु फेतुल्लाह गुलेनले गरेका थिए । जो १९९९ देखि २०२४ मा आफ्नो मृत्यु नहोउन्जेल संयुक्त राज्य अमेरिकामा बस्दै आएका थिए । असफल कू पछिका वर्षहरूमा टर्कीका अधिकारीहरूले आन्दोलनसँग सम्बन्ध रहेको आरोपमा हजारौं संदिग्धहरूलाई पक्राउ गरेका छन् ।