२०८२ श्रावण ३ गते, शनिबार १५:१५

काठमाडौँ-

एफसी बार्सिलोनाका स्टार लामिन यामालले औपचारिक रूपमा सम्झौता नवीकरणमा हस्ताक्षर गरेका छन् । टोलीसँग उनको समय २०३१ सम्म विस्तार गरिएको छ ।

गत आईतवार १८ वर्ष पुगेका यामाल आफ्नो परिवारसँगै एफसी बार्सिलोनाको कार्यालयमा थिए । जहाँ उनले क्लव अध्यक्ष जोन लापोर्टासँगै आफ्नो समयावधि थप्ने सम्झौतामा हस्ताक्षर गरे ।

लामिन यामालले १० नम्बरको जर्सी लगाउनेछन् । जुन बार्सिलोनाका विगतका स्टारहरूले लगाएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस