२०८२ मंसिर ४ गते, बिहीबार २२:०६

गृहमन्त्रीको दाबीः मुलुकको शान्ति सुरक्षा ठिक छ

काठमान्डौं-

गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको बताउनुभएको छ ।

शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिककोृ जिउ धनको रक्षा गर्ने काममा लागिरहेको बताउनु भयो । उहाँले अपराधको न्युनिकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताउनु भयो । शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल रहेको गृहमन्त्रीको दाबी छ । अपराध नियन्त्रण गर्नेकुरामा मन्त्रालय निरन्तर लागिरहेको र अपराधिक कार्य गरेर फरार भएकाहरु पनि पक्राउ गरिरहेको बताउनु भयो ।

गृहमन्त्री लेखकले लगुऔषध न्युनिकरण, नियन्त्रण, निषेध गर्नेकुरामा सबै मिलेर जानुपर्ने आवस्था रहेको बताउनु भयो । सडक दुर्घटनाको नियन्त्रण जरुरी रहेको बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस