२०८३ भाद्र १० गते, बुधबार १४:२०

सर्लाहीका प्रहरी नायब निरीक्षक बैद्यनाथ दास निलम्बनमा

सर्लाही-

बरहथवा नगरपालिकास्थित इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) बैद्यनाथ दासलाई निलम्बन गरिएको छ। तस्करीसँग मोलमलाइ गरेको टेलिफोन कुराकानीको अडियो सार्वजनिक भएपछि उनलाई जिम्मेवारीमुक्त गरिएको हो।

आठ महिनादेखि हिरापुर प्रहरी कार्यालयको इन्चार्जका रूपमा कार्यरत दासलाई तस्करसँग मोलमलाइ गरेको अडियो बाहिरिएपछि इलाका प्रहरी कार्यालय बरहथवामा झिकाइएको छ। सार्वजनिक अडियोमा दासले एक तस्करसँग तस्करी कार्यमा सघाउन १८ हजार रुपियाँ माग गरेको सुनिन्छ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले दासको निलम्बनपछि हिरापुरमा नयाँ प्रहरी नायब निरीक्षक पठाउने तयारी भइरहेको जानकारी दिए। डिएसपी राईका अनुसार तस्कर र दासबीच भएको टेलिफोन अडियोको विषयमा थप अनुसन्धान भइरहेको छ।

यसअघि पर्सा जिल्लामा कार्यरत रहँदा पनि सइ दास यस्तै कारणले निलम्बनमा परेका थिए। यो घटनाले प्रहरी सेवाको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाएको छ। अनुसन्धानको नतिजाले यो प्रकरणमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन , प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा

पूर्वसांसद हजराद्वारा विद्यालय भवनको शिलान्यास, डा. गोविन्द केसीको हठका कारण चिकित्सा शिक्षा क्षेत्रले प्रगति गर्न नसकेको आरोप

वीरगन्ज- एक करोड ८६ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन

पोडकास्ट सुन्नुहोस