२०८२ आश्विन ३ गते, शुक्रबार १४:३६

लेखा अधिकृत घुससहित रंगेहात पक्राउ

दैलेख –

डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंक बहादुर कार्की घुससहित पक्राउ परेका छन्। सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएको अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग कार्कीले रु. १,००,००० (एक लाख रुपैयाँ) घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी राखेको थियो।

आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग मागिएको रकम बुझिसकेको अवस्थामा पक्राउ गरेको हो। उनलाई जिल्ला सुर्खेत, बिरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट मिति २०८२ साल असोज २ गते नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

हाल उनलाई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस