२०८३ आश्विन २० गते, मंगलवार ०६:४०

प्रतिकूल मौसमका कारण वीरगन्जका विद्यालय तीन दिन बन्द

वीरगन्ज-

बढ्दो चिसो र प्रतिकूल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा तीन दिन पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सोमवार एक सूचना जारी गर्दै पौष ७ गते सोमबारदेखि ९ गते बुधबारसम्म विद्यालयहरूमा विदा दिने निर्णय गरेको हो। यो विदा विद्यालयहरूको वर्षे विदा (गर्मी विदा) बाट कट्टा हुने गरी मिलाइएको महानगरले जनाएको छ।

महानगरका अनुसार पौष १० गते बिहीबार विद्यालय खुले पनि पौष ११ गते शुक्रबार शैक्षिक क्यालेण्डरमै पूर्व निर्धारित सट्टा विदा रहेको छ। त्यसैगरी १२ गते शनिबार सार्वजनिक विदा पर्ने भएकोले अब नियमित रूपमा विद्यालयहरू आगामी पौष १३ गते आइतबारदेखि मात्र पूर्ववत् समयमा सञ्चालन हुनेछन्।

महानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई यो निर्णय कार्यान्वयन गर्न र बालबालिकालाई चिसोबाट जोगाउन आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस