२०८२ पुष १९ गते, शनिबार ११:४२

महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप

काठमाडौं –

नेपाली काँग्रेसले पार्टी केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ  ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रिय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यही पुसमा प्रश्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरिएको बताउनुभयो ।

उहाँकाअनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बुहमत सदस्यको समर्थनमा पास गरिएको हो । यद्यपि पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विषेश महाधिवेशन आह्वान गर्ने भन्दै तयारी बस्न १४ औँ महाधिवेशनका प्रतिनिधिहरुलाई तयारीमा बस्न आग्रह गरेको छ ।

पोडकास्ट सुन्नुहोस