२०८२ पुष १९ गते, शनिबार १२:१३

मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा

काठमाडौं-

मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो ।

पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दाबी गर्नुभयो ।

पार्टीको मुख्य लक्ष्य जनताको हित र राष्ट्र निर्माणमा केन्द्रित रहने उहाँको भनाइ छ । उहाँले पार्टी कुनै व्यक्तिगत स्वार्थ वा फाइदाका लागि गठन नगरिएको स्पष्ट पार्दै सबै भूगोल, जातजाति र समुदायलाई समेटेर समावेशी बनाइएको जिकिर गर्नुभयो । पार्टीको चुनाव चिन्ह पानीको बोतल प्रश्ताव गरिएको छ ।

उहाँले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको सहयोगमा देशको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पोडकास्ट सुन्नुहोस