२०८२ पुष २७ गते, आईतवार १९:१४

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज-

विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त हिन्दू पत्रकार संघ नेपालका सम्पूर्ण कार्यसमिति पदाधिकारीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ। वीरगन्जको रानीसती धर्मशालामा शनिबार आयोजित विशेष कार्यक्रममा परिषदले पत्रकारहरूलाई सम्मान गरेको हो।

विश्व हिन्दू परिषद् वीरगन्ज महानगरका अध्यक्ष ज्योति रुंगटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियार प्रमुख अतिथि रहनुभएको थियो भने परिषद्का मधेस प्रदेश उपाध्यक्ष सुनिल खेतान विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमका विशिष्ट अतिथि सुनिल खेतानले नवनियुक्त पदाधिकारीहरूलाई टीका र गमछा ओढाएर सम्मान गर्नुभएको थियो। सो अवसरमा बोल्दै खेतानले पछिल्लो समय सामाजिक सञ्जाल र मिडियामार्फत हिन्दू धर्म र आस्थामाथि भइरहेको ‘मिडिया ट्रायल’ र अभद्र टिप्पणीलाई चिर्न यो संघले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले हिन्दू पत्रकार संघलाई परिषद्को तर्फबाट सधैँ सहयोग रहने प्रतिबद्धता समेत जनाउनुभयो।

प्रमुख अतिथिको आसनबाट बोल्दै हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले संघको उद्देश्य स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हाम्रो संगठन कुनै जाति वा समुदायको विरुद्धमा होइन। ओझेलमा परेका मठ-मन्दिर, हाम्रो धर्म-संस्कृति र सभ्यताको प्रचार-प्रसारका लागि पत्रकारहरूको यो साझा मञ्च निर्माण गरिएको हो।” अध्यक्ष रौनियारले पत्रकारको पहिलो धर्म पीडितको पक्षमा उभिनु रहेको उल्लेख गर्दै कुनै पनि जात वा धर्मको भए पनि पीडितको न्यायका लागि संघ सधैँ अगाडि बढ्ने बताउनुभयो।

सोही अवसरमा विश्व हिन्दू परिषद् वीरगन्ज महानगर समितिले संगठनलाई थप सुदृढ बनाउन केही नयाँ जिम्मेवारीहरू समेत तोकेको छ। जसअन्तर्गत सह-सचिवमा सुभाष साह, दुर्गा वाहिनी संयोजिकामा वन्दना शर्मा, गौरक्षा प्रमुखमा यश सर्राफ, सेवा प्रमुखमा अनुज गुप्ता, धार्मिक पुँजी प्रमुखमा आकाश र मिडिया प्रमुखमा चन्दन प्रजापतिलाई चयन गरिएको छ। नवनियुक्त दायित्वधारीहरूलाई संगठनको लक्ष्य अनुरूप कार्य गर्न निर्देशित गरिएको छ।

कार्यक्रमको सुभारम्भ दीप प्रज्वलनमार्फत गरिएको थियो। समारोहमा विभिन्न संघ-संस्थाका प्रतिनिधि, युवा तथा महिलाहरूको बाक्लो उपस्थिति रहेको थियो।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस