२०८३ आश्विन १३ गते, मंगलवार ००:३७

विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद अनिवार्य: प्याब्सन पर्सा अध्यक्ष चौधरी

पर्सा-

पर्साको ठोरी गाउँपालिका–२, गौतमनगरमा अवस्थित प्याब्सन पर्साको सदस्य विद्यालय ठोरी एकेडेमीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता आइतबार एक विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ। पुस २५ गतेदेखि सुरु भएको तीन दिने प्रतियोगिताको समापनसँगै विजयी विद्यार्थी तथा सदन (हाउस) हरूलाई पुरस्कृत गरिएको छ।

विद्यालयका चारवटा हाउसहरूबीच भएको कडा प्रतिस्पर्धामा कुल अंकका आधारमा रेड हाउस प्रथम हुन सफल भएको छ। त्यसैगरी ब्लु हाउस द्वितीय र ग्रीन हाउस तृतीय भए। विजेता हाउसहरूलाई आकर्षक ट्रफी, शिल्ड तथा विजयी खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

ठोरी एकेडेमीका प्रधानाध्यापक सुरेश पन्तको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले खेलकुदले विद्यार्थीको शारीरिक मात्र नभई मानसिक र सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यालयले पढाइसँगै अतिरिक्त क्रियाकलापलाई दिएको प्राथमिकताको प्रशंसा गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन केन्द्रीय सदस्य छेडुप लामा, ठोरी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष अमृतकृष्ण सापकोटा, समाजसेवी रामकृष्ण पन्त र बुद्ध शान्ति स्कूलका प्रधानाध्यापक सुरेन्द्र लामाले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने धारणा राख्नुभयो।

कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालय प्रशासनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस

पोडकास्ट सुन्नुहोस