२०८३ जेष्ठ १६ गते, शनिबार १७:३५

सखुवाप्रसौनी गाउँपालिकामा कचहरी नाटक प्रदर्शन

पर्सा-
पर्सा जिल्लाको औराहा पञ्चगावा स्थित श्री दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा फोरम फर विमेन्स, ल’ एन्ड डेभलपमेन्ट (FWLD) को आयोजनामा डिजिटल हिंसामा आधारित कचहरी नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा अधिवक्ता अभय चौधरी थारुले डिजिटल माध्यमबाट हुने हिंसा, साइबर अपराध तथा नागरिकका डिजिटल अधिकारका विषयमा विद्यार्थीहरूलाई व्यवहारिक जानकारी गराउनु भएको थियो। विद्यालयका प्रधानाध्यापक शिवनाथ थारुले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई सुरक्षित र जिम्मेवार डिजिटल प्रयोगतर्फ प्रेरित गर्ने बताउनुभयो।
उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कचहरी नाटकमार्फत डिजिटल हिंसाका घटनाहरू, पीडितको अवस्था, कानुनी उपचार प्रक्रिया तथा अधिकार संरक्षणका उपायहरूलाई सरल र प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रमको उद्देश्य
यस कचहरी नाटक प्रदर्शनको मुख्य उद्देश्य डिजिटल हिंसाविरुद्ध सचेतना फैलाउनु, विद्यार्थीहरूलाई साइबर अपराधबाट बच्ने उपाय सिकाउनु, आफ्ना अधिकारबारे जानकारी दिनु तथा समस्या परेमा कानुनी सहायता कसरी प्राप्त गर्ने भन्ने विषयमा ज्ञान अभिवृद्धि गर्नु रहेको थियो।
FWLD ले यस प्रकारका कचहरी नाटक कार्यक्रम देशका ७ वटा जिल्लाहरूमा प्रदर्शन गर्ने योजना अनुसार सञ्चालन गरिरहेको जनाएको छ। यस कार्यक्रमले समुदाय तथा विद्यार्थीहरूमा डिजिटल अधिकार र सुरक्षाप्रति जनचेतना बढाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस