२०८३ जेष्ठ १६ गते, शनिबार १६:४९

एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न

अमृता मुखिया/गोडैता (सर्लाही)

एकल अभियानअन्तर्गत सर्लाहीको गोडैता नगरपालिका–३ मा शैक्षिक तथा सामाजिक चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। स्थानीयको सक्रिय सहभागितामा आयोजित उक्त कार्यक्रममा सरस्वती माताको पूजाआराधनासहित विविध शैक्षिक गतिविधि सञ्चालन गरिएको थियो।

कार्यक्रममा स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी तथा बालबालिकाको उल्लेखनीय उपस्थिति रहेको थियो। अभियानअन्तर्गत विद्यालयस्तरका बालबालिकालाई कापी, किताबलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले एकल अभियानको मुख्य उद्देश्य शिक्षा, संस्कार र सामाजिक एकताको प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले गोडैता नगरपालिका–३ मा यस किसिमको कार्यक्रम पहिलोपटक आयोजना भएको जनाउँदै अभियानको प्रशंसा गरेका छन्। यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा शिक्षा प्रतिको चासो बढाउनुका साथै बालबालिकामा सकारात्मक सोच र अनुशासन विकास गर्न सहयोग पुग्ने उनीहरूको धारणा रहेको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस