२०८३ आश्विन २० गते, मंगलवार ०६:४१

पर्साको ग्रामीण क्षेत्रबाट बन्दुकसहित खवास पक्राउ

वीरगन्ज-
पर्सा जिल्लाको ग्रामीण क्षेत्रबाट प्रहरीले आज बन्दुकसहित एक जना युवकलाई पक्राउ गरेको छ।प्रहरीले पर्सागढी नगरपालिका वडा नं. १ निवासी ३८ वर्षीय नारायण खवासलाई बन्दुकसहित पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी छिमेकीसँग झैझगडा गरेको सूचनाका आधारमा खवासको घरमा विधिपूर्वक खानतलासी गर्दा लाइसेन्स नभएको एक थान भरुवा बन्दुक र सोमा प्रयोग हुने १३ थान जिवित गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिनुभयो।

बरामद हातहतियार तथा गोलीसहित खवासलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका खवासमाथि अवैध हातहतियारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउने तयारी गरिएको सूचना अधिकारी बस्नेतले बताउनुभयो।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस