२०८३ आश्विन १२ गते, सोमबार २२:४०

चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग गर्न रोक लगाइयोस्ः गंगाकुमारी बेलवासे

काठमाडौं-

नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा ¥यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताउनु भयो । उहाँकाअनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन । घाँटीमा मालाझैं लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उहाँले बताउनु भयो । उहाँले नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्नुहुँदै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानूनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस

पोडकास्ट सुन्नुहोस