२०८३ आश्विन १२ गते, सोमबार २२:४३

२० वर्षदेखि फरार रहदै आएका हत्याका अभियोगी तिवारी पक्राउ

वीरगन्ज –
  कर्तब्य ज्यान मुद्दमा विगत २० वर्षदेखि फरार रहदै आएको एकजन अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । कालिकामाई गाउँपालिका वडा नं. ५ निवासी मुक्तिनाथ तिवारको हत्याको अभियोगमा फरार  रहर्दै आएका स्थानिय वर्ष ४३का दिनेश कुमार तिवारीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।
२०६२ साल फागुन १३ गते पर्सा जिल्लाको तत्कालीन बिरिन्चिवर्वा गाविस वडा नं. २ हाल कालिकामाई गाउँपालिका वडा नं. ५ मा अंशबण्डाको विषयलाई लिएर भएको वादविवादका क्रममा  दिनेशले मुक्तिनाथ तिवारीको  हत्या गरी फरार रहदै आएको आरोप रहेको प्रहरीले जनाएको छ ।
हत्याका अभियोगि तिवारी पोखरिया नगरपालिकाको वडा नं. ४मा बसी रहेको सुचनाको आधारमा सोमबार इलाका प्रह री कार्यालय पोखरियाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी  प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । पक्राउ गरिएका तिवारीलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखि कर्तब्य ज्यान सम्बन्धित मुद्दामा अनुसन्धान अगाडी बढाएको उहाँले बताउनुभयो।

प्रतिक्रिया

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस

पोडकास्ट सुन्नुहोस