२०८२ माघ २० गते, मंगलवार २१:०५

नेपाली काँग्रेसका उम्मेदवारद्वारा भिष्वामा घरदैलो अभियान

वीरगञ्ज-
वीरगञ्ज महानगरपालिका वडा नं. १५ भिष्वामा मंगलबार साँझ नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुङ्गटाले घरदैलो अभियान सञ्चालन गर्नुभएको छ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको रुख छापमा मतदान गर्न अनुरोध गर्दै उम्मेदवार रुङ्गटा भिष्वावासीको घर–घरमा पुग्नुभएको हो। घरदैलो अभियानका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समृद्धि र विकास नेपाली काँग्रेसकै नेतृत्वमा मात्र सम्भव हुने बताउँदै रुख छापमा मतदान गर्न अपिल गर्नुभयो।

कार्यक्रमका क्रममा उम्मेदवार रुङ्गटाले जनताको समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्ने प्रयास गर्दै विकास, सुशासन तथा जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले पनि आफ्ना गुनासा, सुझाव तथा आशा–आकांक्षा खुलस्त रूपमा उम्मेदवार रुङ्गटासमक्ष राखेका थिए।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस