२०८२ चैत्र २३ गते, सोमबार १०:१५

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै, बहुमत लक्ष्यसहित रणनीति सार्वजनिक गर्ने तयारी

काठमाडौं-

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

नयाँबानेश्वरमा मध्याह्न १२ बजे आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित शीर्ष नेतृत्वको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने तयारी गरिएको छ।

प्रचारप्रसार संयोजक मीनबहादुर शाहीका अनुसार घोषणापत्रमा “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालीन दृष्टिसहित सुशासन सुदृढीकरण, रोजगारी सिर्जना, सामाजिक न्याय प्रवर्द्धन र संस्थागत सुधारलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारिनेछ।

एमालेले आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्य राख्दै त्यसअनुसारका रणनीतिक कार्यक्रम र नीतिगत प्रतिबद्धता पनि सार्वजनिक गर्ने तयारी गरेको छ।
घोषणापत्रमार्फत मतदातामाझ स्थायित्व, विकास र सुशासनको सन्देश दिने पार्टीको अपेक्षा रहेको नेताहरूले बताएका छन्।

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

सुरक्षाको कडा ‘कमाण्ड’ बीच वीरगन्जमा ५० हजारको शोभायात्रा, सांसदद्वयको उपस्थिति र प्रहरीको सक्रियताको प्रशंसा

वीरगन्ज- हनुमान जयन्तीको अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रा कडा सुरक्षा

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस