२०८३ जेष्ठ १६ गते, शनिबार १५:५५

औषधि व्यवसायी संघ पर्साका अध्यक्षसहित पाँच सयभन्दा बढी नेता–कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

वीरगन्ज-

 नेपाली काँग्रेसका महामन्त्री गगन थापाको आह्वानमा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

विभिन्न कारणले नेकपा एमाले, जनता समाजवादी पार्टी लगायतका दलमा आवद्ध रहेका वीरगन्ज महानगरपालिका वडा नं. २३ का महिला तथा पुरुषहरू पुनः काँग्रेसमा फर्किएका हुन्।

नेपाली काँग्रेस वडा नं. २३ का बूथ सभापति लोकनारायण प्रसाद यादवको अध्यक्षतामा सोमबार राति प्रसौनीमा आयोजित कार्यक्रममा काँग्रेसमा फर्किएकाहरूलाई नेपाली काँग्रेस पर्साका सभापति एवं पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल कुमार रुङ्गटा, पूर्व जिल्ला सभापति अजय द्विवेदीलगायतका नेताहरूले फूलमाला लगाएर स्वागत गरेका थिए।

काँग्रेसमा प्रवेश गर्नेहरूमा नेकपा एमाले क्षेत्र नं. १ का क्षेत्रीय सचिव तथा नेपाल औषधि व्यवसायी संघ पर्साका अध्यक्ष ताजुद्दिन अन्सारी, जसपा मधेस प्रदेश कमिटी सदस्य मुस्ताक अन्सारी, नेकपा एमाले इकाइ कमिटी सचिव रेयाज अन्सारी, जसपा वडा कमिटी उपाध्यक्ष रामवती देवीलगायत विभिन्न पदमा रहेका नेता–कार्यकर्ता रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ताजुद्दिन अन्सारीले पार्टी सभापतिको ‘घर फर्कौँ अभियान’बाट प्रभावित भई काँग्रेसमा पुनः फर्किएको बताए। उनले पर्साका चारै क्षेत्रका काँग्रेस उम्मेदवारलाई जिताउन मन, वचन र कर्मले लाग्ने प्रतिबद्धता व्यक्त गरे।

पूर्वमन्त्री एवं जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले ‘घर फर्कौँ अभियान’ अन्तर्गत नेताहरूको पुनः आगमनले काँग्रेस पर्सामा थप ऊर्जा र बल पुगेको धारणा व्यक्त गरे। उनले सत्य र असत्यबीचको वर्तमान चुनावी प्रतिस्पर्धामा एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताए।

त्यसैगरी, प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल कुमार रुङ्गटाले युवा भविष्य, वृद्ध सुरक्षा र आमाको सम्मान सुनिश्चित गर्न नेपाली काँग्रेसलाई मतदान गर्न अपिल गरे। उनले मुलुकको समृद्धि र स्थायित्वका लागि काँग्रेसको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस