२०८२ फाल्गुन १२ गते, मंगलवार १८:५५

सकारात्मक परिवर्तनका लागि छाता छापमा मतदान गर्नुस् : उम्मेदवार यादव

वीरगन्ज-

 जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले सकारात्मक परिवर्तनका लागि पार्टीको चुनाव चिन्ह ‘छाता’ मा मतदान गर्न आग्रह गरेका छन्।

आज वीरगन्ज महानगरपालिका वडा नं. १८ सौराहा र वडा नं. २० हरपतगञ्जमा आयोजित घरदैलो कार्यक्रममा सहभागी हुँदै उम्मेदवार यादवले आम मतदाताको घरआँगनमै पुगेर मत मागेका हुन्।

घरदैलोका क्रममा उनले जनताप्रति निष्ठावान र उत्तरदायी जनप्रतिनिधि चयन गर्न जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्न अपिल गरे। उनले देश तथा मधेसमा न्याय, समानता र कानुनी राज्यमा आधारित परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै त्यसको संवाहक शक्तिका रूपमा जसपा रहेको दाबी गरे।

हरपतगञ्जमा मतदातासँग संवाद गर्दै यादवले नागरिकको अधिकार सुनिश्चित गर्न र मधेसी समुदायको पहिचान तथा अधिकारको संरक्षणका लागि जसपा प्रतिबद्ध रहेको बताए। उनले जनताको चाहना पूरा गर्न छाता छापमा मतदान गर्न आग्रह गरे।

भेटघाटका क्रममा स्थानीय मतदाताहरूले मधेसी समुदायको अधिकारका पक्षमा उभिने पार्टी जसपा भएकाले छाता छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बिहान आयोजित घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र कुर्मी, वीरेन्द्र यादव, फिरोज मंसुर, करिमा बेगम, श्यामबाबु चौरसिया, रेखा साह, बलिराम यादव, जसपा पर्सा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष सुन्दर साह कानु, नगर अध्यक्ष घनश्याम गुप्ता, रितेश गुप्तालगायत नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

पोडकास्ट सुन्नुहोस