२०८३ जेष्ठ १७ गते, आईतवार ०८:४२

पटेलनगरमा रास्वपाको गर्जन: “३६ वर्षसम्म जनता झुक्काउने दिन अब सकिए” -उम्मेदवार हरि पन्त

वीरगन्ज-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति एवं पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरि पन्तले पुराना राजनीतिक दलहरूले दशकौँदेखि जनतालाई झुक्याउँदै आएको आरोप लगाउनुभएको छ।

मंगलबार साँझ वीरगन्ज-२०, पटेलनगर चोकमा आयोजित रास्वपाको विशाल कोणसभालाई सम्बोधन गर्दै पन्तले भन्नुभयो- “विगत ३६ वर्षदेखि नेताहरूले खोक्रा आश्वासन दिएर जनतालाई झुक्याउने काम मात्र गरे। तर, अब नेपाली जनता सचेत र जागरूक भइसकेका छन्। अब कसैको डर, त्रास वा प्रलोभनमा परेर जनता झुक्किने वाला छैनन्।”

उम्मेदवार पन्तले पर्सा क्षेत्र नम्बर १ का जनता यसपटक वास्तविक परिवर्तनको पक्षमा उभिएको दाबी गर्दै आफूलाई जिताएर पठाउनेमा पूर्ण ढुक्क रहेको व्यक्त गर्नुभयो। “यसपटकको चुनाव केवल व्यक्तिको हार-जित होइन, यो वीरगन्जको भविष्य र सुशासनको स्थापनाका लागि हो,” पन्तले थप्नुभयो।

स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको उक्त सभामा रास्वपाका नेताहरू जनार्दन सिंह, सगिर आलम, महुमुद्दिन अन्सारी र चन्दन यादव लगायतले सम्बोधन गर्दै ‘घण्टी’ चिन्हमा मतदान गरी नयाँ युगको सुरुवात गर्न आग्रह गरेका थिए।

कृष्ण पासवानले सञ्चालन गरेको उक्त कार्यक्रममा पटेलनगरका युवा तथा वृद्धवृद्धाहरूको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी स्थानीयहरूले यसपटक नयाँ नेतृत्वलाई अवसर दिने भन्दै पन्तको पक्षमा उत्साह देखाएका थिए।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस