२०८३ जेष्ठ १७ गते, आईतवार ०४:५७

पर्सा–१ को ‘मौन क्रान्ति’: प्रदीपको तामझामलाई रामनरेशको ‘जनता दर्शन’ ले टक्कर !

वीरगन्ज –

पर्सा क्षेत्र नम्बर १ को चुनावी मैदान यतिबेला रोचक मात्र होइन, वैचारिक रूपमा पनि विभाजित भएको छ। एकातिर मधेसको मुद्दालाई सत्ताको भर्‍याङ बनाएर पटक–पटक ‘दल बदल्न’ माहिर एमालेका उम्मेदवार प्रदीप यादव छन् भने अर्कोतिर मधेसी पहिचान र जसपाको सिद्धान्तमा अडिग रहेका रामनरेश यादव।

कहिले यता, कहिले उता

प्रदीप यादवमाथि मतदाताले अहिले सबैभन्दा ठूलो प्रश्न उनको ‘राजनीतिक नैतिकता’ माथि उठाएका छन्। हिजो जुन एमालेलाई ‘मधेस विरोधी’ भन्दै गाली गरेर भोट मागेका थिए, आज त्यही पार्टीको ओत लाग्न पुगेका प्रदीपको व्यवहारलाई स्थानीयले ‘दल बदलु’ प्रवृत्तिको संज्ञा दिएका छन्। सत्ता र कुर्सीका लागि कुनै पनि बेला कुनै पनि पार्टीमा जान सक्ने उनको अस्थिर स्वभावले गर्दा मतदाताहरू यतिबेला आफूलाई ठगिएको महसुस गरिरहेका छन्।

निष्ठाको अर्को नाम

यही अस्थिरता र अवसरवादको बीचमा जसपाका उम्मेदवार रामनरेश यादव भने एउटा भरपर्दो विकल्पका रूपमा देखिएका छन्। मधेस आन्दोलनदेखि अहिलेसम्म एउटै झण्डा र एउटै विचार बोकेर हिँडेका रामनरेशको ‘निष्ठा’ नै उनको सबैभन्दा ठूलो शक्ति बनेको छ। उनले सत्ताका लागि कहिल्यै सिद्धान्त बेचेनन् र पदका लागि कहिल्यै पार्टी फेरेनन्।

 स्वार्थ कि पहिचान?

पर्सा–१ का मतदाता अहिले ‘गफ’ र ‘आश्वासन’ भन्दा ‘इमानदारिता’ र ‘पहुँचयोग्य नेता’ को खोजीमा छन् । प्रदीप यादवसँग चुनावी रणनीति र साधनस्रोतको कमी नभए पनि रामनरेश यादवले पाएको ‘मौन समर्थन’ र ‘जनताको भरोसा’ नै यसपटकको निर्णायक शक्ति बन्ने देखिन्छ ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस