वीरगन्ज –
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र पारेका छन् । यसै क्रममा उनले वीरगन्ज महानगरपालिकाको लालपर्सामा कोणसभा र घुसुकपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३०, लालपर्सामा दीपेन्द्र मण्डलको अध्यक्षतामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पन्तले देशमा ठोस परिवर्तन ल्याउनका लागि यसपटक मतदाताले आफ्नो मत परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
उनले पुरानो राजनीतिक शैलीबाट देशको विकास सम्भव नभएको भन्दै नयाँ भिजनका साथ रास्वपा चुनावी मैदानमा उत्रिएको बताए ।
रास्वपाका जिल्ला सहसचिव तथा समानुपातिक उम्मेदवार कृष्णा पासवानले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय विनोद मण्डल, सञ्जय मण्डल, गम्भीरा गुप्ता, निजामुद्दीन अन्सारी, सुवासा यादव र धनपत ठाकुर लगायतले आफ्नो धारणा राखेका थिए ।
वक्ताहरूले यसपटक घण्टी छापका उम्मेदवार पन्तलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको र क्षेत्रको विकासका लागि पन्तको विकल्प नभएको दाबी गरे ।
त्यसैगरी, वीरगन्ज महानगरपालिका वडा नम्बर २, घुसुकपुरमा पनि उम्मेदवार पन्तले घरदैलो गरी स्थानीयसँग मत मागेका छन् ।
रास्वपा नेताहरू महम्मद सम्साद आलम, शन्नी गुप्ता र तब्रेज शेखको नेतृत्वमा भएको सो घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले पन्तलाई भव्य स्वागत गरेका थिए। भेटघाटका क्रममा स्थानीयले यसपटक पन्तलाई संसद्मा पुऱ्याउन पूर्ण सहयोग गर्ने आश्वासन समेत दिएका छन्।













