२०८३ जेष्ठ १६ गते, शनिबार १६:४९

सव इञ्जिनियर हत्या प्रकरणः सरकारी जागिरको लोभमा ‘सुटर’ प्रयोग, एक पक्राउ

 

सर्लाही-

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब इञ्जिनियर प्रमोद कुमार यादवको निर्मम हत्याकाण्डमा नयाँ मोड आएको छ। घटनामा संलग्न रहेको आशंकामा महोत्तरीको रामगोपालपुर नगरपालिका निवासी गणेश महतोलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले आरोपित महतोलाई भारतबाट नियन्त्रणमा लिई नेपाल ल्याएको स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार महतोले भारतीय ‘सुटर’ प्रयोग गरी योजनाबद्ध रूपमा हत्या गराएको आशंका गरिएको छ।

गत फागुन ३ गते मलंगवा नगरपालिका–१० स्थित आफ्नै डेरामा रहेका सब इञ्जिनियर यादवमाथि गोली प्रहार गरिएको थियो। गम्भीर घाइते यादवको घटनास्थलमै मृत्यु भएको थियो। शान्त स्वभावका इञ्जिनियरको दिनदहाडै भएको हत्या प्रकरणले सर्लाही मात्र होइन, समग्र प्रदेशलाई नै स्तब्ध बनाएको थियो।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार पक्राउ परेका महतो र मृतक यादव दुवै लोकसेवा आयोगको प्रक्रियासँग सम्बन्धित थिए। यादवको नाम सिफारिस भएपछि आफू वैकल्पिक उम्मेदवारको सूचीमा परेको महतोले सरकारी जागिर हात पार्ने लोभमा यस्तो जघन्य योजना बुनेको आशंका गरिएको छ। प्रतिस्पर्धीलाई हटाएर मुख्य दाबेदार बन्ने उद्देश्यले ‘कन्ट्र्याक्ट किलिङ’ शैलीमा हत्या गराइएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ।

åपक्राउ परेका महतोमाथि अनुसन्धान अघि बढाउन मलंगवास्थित जिल्ला अदालत सर्लाहीबाट १५ दिनको म्याद थप गरिएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति र सुटरको पहिचान तथा पक्राउका लागि खोजी तीव्र पारेको जनाएको छ।

सरकारी सेवामा प्रवेश गर्ने प्रक्रियासँग जोडिएको लोभ र प्रतिस्पर्धाले एक होनहार इञ्जिनियरको ज्यान लिएको यस घटनाले सुरक्षा व्यवस्था र लोकसेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। सर्लाही प्रहरीले भने घटनाको सम्पूर्ण सत्य बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस