२०८३ जेष्ठ १६ गते, शनिबार १५:५५

निर्वाचन नजिकिँदै जाँदा अनिल कुमार रुङ्गटाको जनसमर्थन उकालोमा

वीरगन्ज –

प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा पर्सा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार अनिल कुमार रुङ्गटाप्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको छ। फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै विभिन्न दल परित्याग गरी काँग्रेस प्रवेश गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ।

यसैक्रममा वीरगन्ज महानगरपालिका–२१, परवानीपुरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा नेकपा एमाले, जसपा नेपाल, लोसपा लगायतका विभिन्न दल त्यागेर २ सय १० भन्दा बढी महिला तथा पुरुष काँग्रेसमा प्रवेश गरेका छन्। परवानीपुरका पूर्व वडाध्यक्ष हविव मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवार अनिल कुमार रुङ्गटा र संविधानसभा सदस्य तथा नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले नवप्रवेशीहरूलाई फूलमाला, टीका र गम्छा ओढाएर स्वागत गरेका थिए।

क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ताका अनुसार प्रवेश गर्नेहरूमा सबैभन्दा बढी संख्या महिला र युवाको रहेको छ। “देशलाई निकास र जनतालाई विकास दिन सक्ने शक्ति नेपाली काँग्रेस नै हो भन्ने विश्वासका साथ परवानीपुरवासी काँग्रेसमा प्रवेश गरेका हुन्,” उनले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा आवद्ध भएकाहरूलाई धन्यवाद दिँदै मुलुकलाई वर्तमान जटिल अवस्थाबाट बाहिर निकाल्न काँग्रेससँग स्पष्ट मार्गचित्र रहेको दाबी गरे। “देश संकटमा पर्दा काँग्रेसले सधैं नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। आगामी पाँच वर्षभित्र सुशासन र विकासको अनुभूति दिलाउने प्रतिबद्धता हाम्रो छ,” उनले भने। उनले काँग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गरी स्थिरता र समृद्धिको यात्रामा साथ दिन आम मतदातासँग आग्रह गरे।

संविधानसभा सदस्य अजय द्विवेदीले लोकतन्त्र, गणतन्त्र र संघीयताजस्ता ऐतिहासिक उपलब्धि काँग्रेसकै अगुवाइमा प्राप्त भएको उल्लेख गर्दै अब बाँकी रहेको सुशासन र विकासको राष्ट्रिय दायित्व पनि काँग्रेसले नै पूरा गर्ने विश्वास व्यक्त गरे। उनले सही दल र सक्षम उम्मेदवार छनोट गर्न मतदातालाई सचेत अपिल गरे।

कार्यक्रममा नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, क्षेत्रीय अध्यक्ष अरविन्द गुप्ता, उपाध्यक्ष अनिल सिंह, नेपाली काँग्रेसका नेता बसरुदिन अन्सारी  जतन राउत लगायतका नेताहरूले पनि सम्बोधन गर्दै आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवार अनिल कुमार रुङ्गटालाई विजयी गराउन आह्वान गरेका थिए।

निर्वाचन नजिकिँदै जाँदा परवानीपुरसहित पर्सा क्षेत्र नं. १ मा काँग्रेस प्रवेश र समर्थनको लहरले चुनावी माहोल थप तातिएको देखिएको छ।

यसै विच आफ्नो चुनाव प्रचारलाई तिव्रता दिदै उम्मेदवार रुङ्गटाले शुक्रबार बिहार वीरगन्ज महानगरपालिकाको वडा नं. ३१का मतदातालाई उनकै घरमा भेटि मात मागेका छन् ।
नेपाली काँग्रेस पर्सा बेलवा वडा इकाइ कमिटिले आयोजना गरेको कार्यक्रम अन्तरग उम्मेदवार रुङ्गटा बेलवावासिको घरमै पुगी नेपाली काँग्रेसको चुनाव चिन्ह रुख छापमा मतदाना आम मतदातालई आग्रह गरेका छन् । सो अवसरामा पार्टीका नेता कार्यकर्ता तथा स्थानिय भद्रभलादमी महिला पुरुषको उम्लेखय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस