वीरगन्ज –
वीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आज प्रेस चौतारी नेपाल पर्सा शाखाद्वारा आयोजित भव्य ‘प्रवेश कार्यक्रम’ सम्पन्न भएको छ। प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्राको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमले जिल्लामा संगठन विस्तारलाई थप मजबुत बनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजराले नवप्रवेशीहरूलाई स्वागत गर्दै पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको बताउनुभयो। उहाँले भन्नुभयो, “राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। सत्य, तथ्य र जनहितका पक्षमा उभिने पत्रकार नै समाज परिवर्तनका सारथी हुन्। प्रेस चौतारीमा आबद्ध सञ्चारकर्मीहरूले पेशागत मर्यादा र आचारसंहितालाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ।”
कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत ४६ जना सञ्चारकर्मीहरू प्रेस चौतारीमा प्रवेश गरेका छन्। प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य सन्नी महतोको नेतृत्वमा समेत ठूलो संख्यामा पत्रकारहरू चौतारीमा समाहित भएका हुन्। नवप्रवेशीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले खादा, माला र टीका लगाएर संगठनमा स्वागत गर्नुभएको थियो।
प्रवेश गर्नेहरूमा दिपेन्द्र शर्मा, जितेन्द्र साह, जितेन्द्र पटेल, सलाउदिन मन्सुरी, अभिलाष गुप्ता, बिमला गुप्ता, जाकिर हुसैन, दिपेन्द्र बि.सि., रोशन पटेल, दिपेश शर्मा, प्रकाश नेपाल, सन्तोष नेपाल, सुभाष क्षेत्री, प्रदीप चौधरी, दिनेश मिश्रा, सन्जय यादव, महम्द साबिर अन्सारी, नस्रोदोन मन्सुरी, मिथलेश ओझा, उज्ज्वल कानु, अनीकेत मण्डल, रुस्तम देवान, प्रेम सराफ, अभिनेश गिरि, विजय सराफ, रामनिवास पटेल, महम्द जाकिर मिया, करण सराफ, आस महमद, गौरीशंकर यादव, अर्जुन सराफ, नितेश यादव, ओमशंकर यादव, कृष्णा यादव, रोहित सराफ, पप्पु गिरि, सन्जु श्रेष्ठ, चन्द्रशेखर पटेल, रियाज मन्सुरी, अमित मिश्रा, सन्जु अर्याल र सन्जय कुश्वाहा लगायत रहनुभएको छ।
कार्यक्रममा एमाले पर्साका अध्यक्ष डा. बिशम्भर शर्मा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, एमाले केन्द्रीय सदस्य विजय सरावगी, प्रेस चौतारी नेपाल मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, प्रदेश सदस्य अछुत पौडेल, केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज केसी लामिछाने, मधेश प्रदेश सदस्य कन्हैया गुप्ता, र नेपाल पत्रकार महासंघका सह–सचिव एसके चौरसिया लगायतका नेता तथा सञ्चारकर्मीहरूको विशेष उपस्थिति रहेको थियो। सञ्चारकर्मीहरूको सक्रिय र उत्साहपूर्ण सहभागिताले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।













