दमक –
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दमक २ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ ।
विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ ।
अभिनन्दनका क्रममा स्थानीय यहाँ आवश्यक विकासका बाँकी कामहरु पूरा गरि दिन समेत आग्रह गरे । यस्तै सोहि वडाको झोलुङ्गे पुल नजिक आयोजित कार्यक्रममा स्थानीयले सो पुलका कारण स्थानीयको दैनिक सहज भएको उल्लेख गरे ।
यहाँको भूमि सम्वन्धि समस्या समाधान समेत गरि दिन स्थानीयको माग थियो । ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहेका छन् ।
Post Views: 5













