२०८३ असार ११ गते, बिहीबार ०७:३८

छठ पूजाको आज तेस्रो दिन, अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने तयारीमा व्रतालु

वीरगन्ज-

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चैती छठ पर्वको आज तेस्रो दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने तयारी गरेका छन्।

पर्सा जिल्लामा रहेका तलाउ, पोखरी, खोला तथा अन्य जलाशय किनारमा निर्माण गरिएका छठ घाटहरूमा व्रतालुहरू साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारीमा जुटेका छन्।

ठूलो–सानो तथा जात–धर्मको सीमाभन्दा बाहिर रहेको सद्भाव र बन्धुत्वको पर्व छठ पूजाका लागि वीरगञ्जका घडिअर्वा पोखरी, नगवा पोखरी, मुर्ली पोखरी, रानीघाट, छपकैया, बजार छपकैया लगायतका स्थानमा सिंगारिएका छठ घाटहरूमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्नेछन्।

पारिवारिक सुख, शान्ति र सन्तान प्राप्तिका लागि विशेषगरी तराई मधेसमा मनाइने छठ पर्वको महत्व दिनानुदिन बढ्दै गएको छ। दुई दिनसम्म निर्जला व्रत बसेर छठ गर्नेहरूको संख्या बढ्दै गएको घडिअर्वा पोखरी छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले जानकारी दिनुभयो। उहाँका अनुसार केही वर्षअघिसम्म चैती छठ मनाउनेको संख्या कम भए पनि पछिल्लो समय उल्लेख्य वृद्धि भएको छ।

विधिपूर्वक छठ पर्व मनाउँदा परिवारका सदस्यलाई भएको छालासम्बन्धी रोग निको हुने र श्रीमानको आयु लामो हुने धार्मिक विश्वास व्रतालुहरूमा रहिआएको छ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस