२०८३ बैशाख २५ गते, शुक्रबार २३:२८

इरान युद्धले तेल बजारमा दीर्घकालीन झट्का, अमेरिका संकटलाई सामान्य ठान्दै

काठमाण्डौं-

विश्वका शीर्ष तेल कम्पनीका कार्यकारी र ऊर्जा मन्त्रीहरूले इरानसँगको अमेरिका–इजरायल युद्धले विश्व अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन्। तर, अमेरिकी ऊर्जा सचिव क्रिस राइटले भने यो संकटलाई कम आँक्दै स्थिति नियन्त्रणमै रहेको दाबी गरेका छन्।

सोमबार ह्युस्टनमा भएको बैठकमा सहभागी ऊर्जा क्षेत्रका नेताहरूले युद्धका कारण आपूर्ति श्रृंखला गम्भीर रूपमा प्रभावित भएको बताएका छन्। इरानले रणनीतिक रूपमा महत्वपूर्ण स्टेट आफ हर्मूश जलमार्ग प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा आपूर्तिमा ऐतिहासिक अवरोध सिर्जना भएको उनीहरूको भनाइ छ।

मध्यपूर्वका विभिन्न देशमा उत्पादन संरचनामाथि भइरहेका आक्रमणहरूले दीर्घकालीन क्षति पुर्‍याइरहेको छ। यसको प्रत्यक्ष असर विश्व बजारमा देखिएको छ,वैश्विक मापदण्ड मानिने Brent crude को मूल्य सोमबार दिउँसो पनि प्रति ब्यारेल ९९ डलरको हाराहारीमै टिकेको थियो।

यद्यपि, अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले इरानसँग वार्ता भइरहेको र युद्ध अन्त्यतर्फ उन्मुख भएको संकेत दिएपछि बजारमा केही समयका लागि गिरावट आएको थियो। तर विज्ञहरू भन्छन्,“यो अस्थायी राहत मात्र हो, वास्तविक जोखिम अझै कायम छ।”

ऊर्जा विश्लेषकहरूका अनुसार यदि द्वन्द्व चाँडै समाधान नभए, विश्व अर्थतन्त्रमा महँगी, आपूर्ति संकट र ऊर्जा अस्थिरता अझ गहिरिन सक्नेछ।(रायटर्स)

प्रतिक्रिया

सरकारको ‘डोजर आतङ्क’ विरुद्ध प्रतिवादमा उत्रिन गगन थापाको निर्देशन: ‘यति क्रुर शासक यसअघि देखेको थिइनँ’

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासी

सरकारको ‘डोजर आतङ्क’ विरुद्ध प्रतिवादमा उत्रिन गगन थापाको निर्देशन: ‘यति क्रुर शासक यसअघि देखेको थिइनँ’

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासी

पोडकास्ट सुन्नुहोस