२०८३ असार ११ गते, बिहीबार ०७:४७

भदौं महिनामा काँग्रेसको १५ औं महाधिवेशन गर्न अध्यक्ष थापाको प्रस्ताव

फाईल तस्विर

काठमाडौं-

नेपाली काँग्रेसले आफ्नो १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव अघि सारेको छ। पार्टी सभापति गगन थापाले सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा उक्त मिति औपचारिक रूपमा प्रस्ताव गरेका हुन्।

महाधिवेशनलाई लक्षित गर्दै पार्टीले सदस्यता व्यवस्थापनलाई तीव्र बनाउने योजना पनि अघि बढाएको छ। प्रस्तावअनुसार चैत २१ गतेदेखि महिनाको अन्त्यसम्म विशेष अभियान सञ्चालन गरी क्रियाशील सदस्यता अद्यावधिक गरिनेछ। त्यसपछि वैशाख महिनाभर देशभरका ६ हजार ७४३ वडाबाट सदस्यता वितरण र नवीकरण प्रक्रिया अघि बढाइने तयारी छ।

यसैगरी, जेठ मसान्तसम्म सबै सदस्यता विवरण केन्द्रमा पठाइसक्ने र असार १५ गतेभित्र केन्द्रले आवश्यक छानबिन पूरा गरी अन्तिम टुंगो लगाउने कार्ययोजना बनाइएको छ।

पार्टीभित्र संगठन सुदृढीकरण र नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा हेरिएको यो महाधिवेशनले कांग्रेसको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस