२०८३ असार ११ गते, बिहीबार ०२:४६

सम्बन्ध विच्छेदको ६ वर्षपछि बादशाहको दोस्रो विवाह: पञ्जाबी अभिनेत्री ईशासँग ‘गोप्य’ लगनगाँठो

काठमाडौँ-

बलिवुडका चर्चित गायक तथा र्‍यापर बादशाह (आदित्य प्रतीक सिंह सिसोदिया) ले दोस्रो विवाह गरेका छन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई उनले पञ्जाबी अभिनेत्री ईशा रिखीसँग गोप्य रूपमा विवाहमा परिणत गरेका हुन्।

सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्बिर र भिडियोहरूमा बादशाह र ईशा नवविवाहित जोडीको रूपमा देखिएका छन्। पुनम रिखी नामक इन्स्टाग्राम खाताबाट सार्वजनिक भएका यी तस्बिरहरूमा ईशाले सिन्दूर लगाएको र बादशाहको साथमा रोमान्टिक अन्दाजमा बसेको देख्न सकिन्छ। यद्यपि, बादशाह आफैँले भने यसबारे आधिकारिक रूपमा मुख खोलेका छैनन्।

पहिलो विवाह र सम्बन्ध विच्छेद बादशाहको यो दोस्रो विवाह हो। यसअघि सन् २०१२ मा उनले जस्मिन मसिहसँग विवाह गरेका थिए। उनीहरूको एक छोरी पनि छिन्। तर, आपसी असमझदारीका कारण २०१७ देखि अलग बसेका उनीहरूले सन् २०२० मा औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेका थिए।

सम्बन्ध विच्छेदको करिब ६ वर्षपछि बादशाहले आफ्नो जीवनको नयाँ अध्याय सुरु गरेका हुन्। पञ्जाबी फिल्म उद्योगकी स्थापित अभिनेत्री ईशा र बादशाहको विवाहको खबरले अहिले बलिवुड र संगीत क्षेत्रमा ठूलो चर्चा पाएको छ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस