२०८२ चैत्र २६ गते, बिहीबार १९:२७

तेस्रो पटक वीरगन्जमा श्री जगन्नाथ रथ यात्रा हुँदै: गहवामाई पार्कबाट सुरु भएर माइस्थानमा समापन हुने

वीरगन्ज-

वीरगन्जमा आगामी चैत्र २८ गते शनिबार भव्य रूपमा ‘श्री जगन्नाथ रथ यात्रा’ निकालिने भएको छ। बिहीबार वीरगन्जस्थित इस्कॉन (ISKCON) प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले तेस्रो पटक हुन गइरहेको यस रथ यात्राबारे औपचारिक जानकारी दिएका हुन्।

आयोजकका अनुसार शनिबार दिउँसो १ बजे गहवामाई पार्कबाट रथ यात्रा सुरु हुनेछ। उक्त यात्रा मकालु होटल, पूजन होटल, कैलाश होटल, घडीअर्वा पोखरी, गीता मन्दिर रोड हुँदै पुनः माइस्थान पार्कमा पुगेर समापन हुनेछ। रथ निर्माण, सजावट र प्रसाद व्यवस्थापनका लागि करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस वर्षको रथ यात्रामा पर्सा, बारा र रौतहट जिल्लाका साथै सीमावर्ती भारतीय सहर रक्सौलबाट समेत गरी करिब ४ हजारदेखि ६ हजारसम्म श्रद्धालु तथा सर्वसाधारणको उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विशेष सुरक्षा व्यवस्था मिलाउने आयोजकले जनाएका छन्।

पत्रकार सम्मेलन हिन्दु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा इस्कॉन वीरगन्जका मुक्तिनाथ साह, आयुष गिरि, गौर्सभन दास, श्याम मनोहर साह लगायतको उपस्थिति रहेको थियो।

सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

सेनाका नवआयुक्त अधिकृतहरूलाई जिम्मेवार भएर राष्ट्रसेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस