२०८३ जेष्ठ १६ गते, शनिबार १५:५७

प्रधानमन्त्री बालेनको भारत भ्रमणअघि हर्क साम्पाङको कडा सुझाव: “सीमा अतिक्रमण बन्द र लिपुलेक नाकामा नेपालको स्वीकृति अनिवार्य गराउनुस्”

वीरगन्ज-

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणका क्रममा गम्भीर राष्ट्रिय मुद्दाहरू उठाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी भइरहेको समाचारहरू सार्वजनिक भएसँगै अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सीमा सुरक्षा र सार्वभौमसत्ताको विषयमा अडान लिन सुझाएका हुन्।

अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेनलाई शुभकामना दिँदै विशेषगरी महाकाली क्षेत्रमा भइरहेको सीमा अतिक्रमण रोक्न र लिम्पियाधुरा-लिपुलेक क्षेत्रमा छिमेकी मुलुकहरूले गर्ने व्यापारिक वा सामरिक गतिविधिमा नेपालको अनिवार्य सहमति चाहिने प्रबन्ध मिलाउन जोड दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू… तपाइँको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ ! भ्रमण उपलब्धिमूलक रहोस् ! महाकालीमा सीमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस् ! यति भए पुग्छ अहिलेलाई !”

पछिल्लो समय नेपालको राजनीतिमा नयाँ शक्तिको रूपमा उदाएका दुई चर्चित व्यक्तित्व बालेन शाह र हर्क साम्पाङबीचको यो संवादलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। साम्पाङले उठाउनुभएको सीमा अतिक्रमण र लिपुलेकमा नेपालको ‘कन्सेन्ट’ (स्वीकृति) को विषय वर्षौँदेखि समाधान हुन नसकेको जटिल मुद्दा हो।

प्रधानमन्त्री बालेन शाहले आफ्नो भारत भ्रमणमा यी संवेदनशील विषयहरूलाई कसरी प्रस्तुत गर्छन् भन्नेमा अहिले आम नेपालीको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस