२०८२ चैत्र २९ गते, आईतवार १४:२२

पत्रकारहरूका लागि वित्तीय साक्षरता अनुशिक्षण: “दैनिक ५४ अनलाइन ठगीका घटना, सचेतना फैलाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण”

हेटौंडा, ३० चैत

आर्थिक पत्रकारिताको माध्यमबाट समाजमा वित्तीय चेतना फैलाउने र नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले बागमती प्रदेशको राजधानी हेटौंडामा पत्रकारहरूका लागि एक दिवसीय वित्तीय साक्षरता प्रवद्र्धन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंक, वीरगन्ज कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा पाँच जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक सुशील पौडेलले वित्तीय साक्षरता र आर्थिक समावेशीताका विविध पक्षबारे प्रकाश पार्नुभयो। उहाँले वित्तीय साक्षरतालाई केवल अङ्कको ज्ञानका रूपमा मात्र नलिन आग्रह गर्दै यसलाई व्यवहारमा परिवर्तन ल्याउने प्रक्रियाका रूपमा परिभाषित गर्नुभयो। “सामाजिक रूपान्तरणका लागि वित्तीय समावेशीता अनिवार्य छ,” निर्देशक पौडेलले भन्नुभयो, “यसका लागि वित्तीय सेवाको पहुँच, प्रयोग र गुणस्तरमा निरन्तर सुधार आवश्यक छ।”

नेपाल राष्ट्र बैंकका सहायक निर्देशक विनय केसरीले आधुनिक समयमा डिजिटल बैंकिङका माध्यमहरू (मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड र वालेट) को सही प्रयोगबारे जानकारी दिनुभयो। उहाँले नेपालमा दैनिक औसत ५४ वटा अनलाइन ठगीका घटना हुने गरेको सनसनीपूर्ण तथ्य सार्वजनिक गर्दै वित्तीय अपराध र भ्रमबाट बच्न ‘वित्तीय अनुशासन’ र ‘सूचनाको संस्कृति’ विकास गर्नुपर्नेमा जोड दिनुभयो। यस कार्यमा पत्रकारहरूको भूमिका मार्गदर्शक हुने उहाँको भनाइ थियो।

अनुशिक्षणका क्रममा बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूको अधिकार, सूचनाको पहुँच, गोपनियता र गुनासो सुनुवाइ संयन्त्रबारे समेत विस्तृत छलफल गरिएको थियो। सुरक्षित भविष्यका लागि आम्दानी, खर्च, बचत र लगानीको सही सन्तुलन मिलाउन सहभागीहरूलाई आग्रह गरिएको थियो।

कार्यक्रममा मकवानपुर, बारा, पर्सा, रौतहट र चितवनका गरी ५० भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो।

पत्रकारहरूका लागि वित्तीय साक्षरता अनुशिक्षण: “दैनिक ५४ अनलाइन ठगीका घटना, सचेतना फैलाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण”

हेटौंडा, ३० चैत आर्थिक पत्रकारिताको माध्यमबाट समाजमा वित्तीय चेतना फैलाउने

पत्रकारहरूका लागि वित्तीय साक्षरता अनुशिक्षण: “दैनिक ५४ अनलाइन ठगीका घटना, सचेतना फैलाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण”

हेटौंडा, ३० चैत आर्थिक पत्रकारिताको माध्यमबाट समाजमा वित्तीय चेतना फैलाउने

पोडकास्ट सुन्नुहोस