२०८३ जेष्ठ १७ गते, आईतवार १६:०४

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ-

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय र आर्थिक सुधारका लागि ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको छ। राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई एकीकृत गरी सरकारले यसलाई साझा दस्ताबेजको रूपमा अघि सारेको हो।

गत भदौको ‘जेन–जी’ आन्दोलन र फागुन २१ को निर्वाचनपछि गठित सरकारले चैत्र १३ मा जारी गरेको १०० बुँदे कार्यसूचीको आधारमा यो नीतिगत दस्ताबेज तयार पारिएको हो। यस प्रतिवद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गरिने सरकारले जनाएको छ।

आर्थिक समृद्धिको महत्त्वाकांक्षी मार्गचित्र

सरकारले आगामी पाँच वर्षभित्र औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ। यस्तै, प्रतिव्यक्ति आयलाई ३ हजार डलर पुर्‍याउने र नेपालको अर्थतन्त्रको आकारलाई १०० अर्ब डलर नजिक पुर्‍याउने उद्घोष गरिएको छ। बेरोजगारी समस्या समाधानका लागि आगामी ५ वर्षभित्र स्वदेशमै १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना सरकारको छ।

सुशासन र शासकीय सुधारका कठोर कदम

शासकीय सुधारअन्तर्गत सरकारले केही साहसिक नीतिहरू अघि सारेको छ:

  • ट्रेड युनियन खारेजी: सरकारी सेवाभित्रको दलीय ट्रेड युनियनहरू पूर्ण रूपमा खारेज गरिने।

  • सम्पत्ति छानबिन: सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी सुशासन सुनिश्चित गर्ने।

  • मेरिटोक्रेसी: सबै सरकारी नियुक्तिहरू ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) का आधारमा मात्र गर्ने।

क्षेत्रगत प्राथमिकताहरू

  • कृषि: किसानलाई क्रेडिट कार्ड उपलब्ध गराउने र योगदानमा आधारित पेन्सन योजना लागू गर्ने।

  • ऊर्जा: आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य।

  • सूचना प्रविधि: आईटी क्षेत्रलाई रणनीतिक उद्योग घोषणा गरी ‘फ्रम नेपाल टु द वर्ल्ड’ अभियान चलाउने।

  • पर्यटन र सेवा: ‘सफा हिमालः सुरक्षित आरोहण’ अभियानमार्फत पर्यटन प्रवर्द्धन गर्ने तथा सहकारी र लघुवित्त पीडितलाई न्याय दिलाउने।

शिक्षा र स्वास्थ्यलाई क्रमशः निःशुल्क र गुणस्तरीय बनाउने विषयलाई पनि सरकारले १८ वटा प्रमुख क्षेत्रभित्र समेटेको छ। यस प्रतिवद्धताको कार्यान्वयनको समन्वय र अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रत्यक्ष रूपमा गर्ने गरी कार्यविधि तय गरिएको छ। दलहरूबीचको साझा स्वामित्व स्थापित गर्न ल्याइएको यो दस्ताबेजले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

‘राष्ट्रिय प्रतिबद्धतापत्र’ (पूर्णपाठ)

प्रतिक्रिया

वीरगन्ज बजारमा कमसल खाद्यवस्तुको बिगबिगी: अनुगमन तीव्र पार्न र ‘मोबाइल ल्याब भ्यान’ परिचालन गर्न उपभोक्ता मञ्चको माग

वीरगन्ज– पछिल्लो समय वीरगन्ज लगायत देशका विभिन्न बजारहरूमा गुणस्तरहीन र

वीरगन्ज बजारमा कमसल खाद्यवस्तुको बिगबिगी: अनुगमन तीव्र पार्न र ‘मोबाइल ल्याब भ्यान’ परिचालन गर्न उपभोक्ता मञ्चको माग

वीरगन्ज– पछिल्लो समय वीरगन्ज लगायत देशका विभिन्न बजारहरूमा गुणस्तरहीन र

रोचक

पोडकास्ट सुन्नुहोस