२०८३ बैशाख १५ गते, मंगलवार १६:१७

मन्त्रालयमै इन्धन घोटाला: जलेका गाडीको नाममा सुविधा दुरुपयोग

काठमाडौं –

स्वास्थ्य मन्त्रालयभित्रै चकित पार्ने इन्धन दुरुपयोगको प्रकरण सार्वजनिक भएको छ। जलेर पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनको नाममा समेत इन्धन सुविधा लिइएको खुलेपछि निशा मेहता आक्रामक रूपमा अघि बढेकी छन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहताले मन्त्रालयभित्र भएको यस्तो अनियमितता छानबिन गर्न प्रशासन सचिव डिल्लीराम शर्मा लाई तत्काल निर्देशन दिएकी छन्। ‘जेनजी’ आन्दोलनका क्रममा जलेका गाडीलाई समेत कागजमा जिउँदै देखाएर इन्धन निकासा लिइएको तथ्य बाहिरिएपछि मन्त्रालयमा तरंग फैलिएको छ।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मातहतका निकायका थप ६ गरी कुल २४ वटा सवारी साधन जलेका थिए। तर, ती सवारी साधन प्रयोगमै रहेको जस्तो विवरण पेश गरी कर्मचारीले इन्धन सुविधा लिँदै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मन्त्री मेहताले स्पष्ट चेतावनी दिएकी छन्,“दोषी जोसुकै भए पनि उन्मुक्ति हुँदैन।” उनले छानबिनलाई तीव्र पार्दै दोषीमाथि कडा कारबाही गर्ने संकेत दिएकी छन्।

यो प्रकरणले सरकारी संयन्त्रभित्रको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। अबको छानबिनले कति ठूलो जालो उजागर गर्छ, सबैको ध्यान त्यतै केन्द्रित भएको छ।

प्रतिक्रिया

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक

पोडकास्ट सुन्नुहोस