२०८३ बैशाख २१ गते, सोमबार २०:३१

फरार भएको ८ महिनापछि हत्या र बलात्कारका दोषी युवा वीरगन्जबाट पक्राउ

वीरगन्ज-

हत्या र बलात्कार मुद्दामा दोषी ठहर भई विगत ८ महिनादेखि फरार रहेका एक युवकलाई पर्सा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।

वीरगन्जस्थित बाल सुधार गृहबाट गत भदौ २४ गते फरार भएका सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–२ निवासी २२ वर्षीय बेगम विकलाई प्रहरीले आज बिहान वीरगन्जको विर्ता क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी राजु कार्कीका अनुसार वीरगन्ज–४ विर्ता क्षेत्रमा सडकमा शंकास्पद रूपमा हिँडिरहेका युवकलाई सोधपुछ गर्दा उनी फरार अभियुक्त भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो । उनलाई आजै बाल सुधार गृहमा बुझाइएको प्रहरीले जनाएको छ ।

युवतीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा अदालतले विकलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यसैगरी, गत भदौ २३ र २४ गते भएको युवाहरूको आन्दोलनका क्रममा विर्तास्थित बाल सुधार गृहबाट फरार भएका अन्य कैदीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस