२०८३ जेष्ठ १७ गते, आईतवार १८:१४

सिसिटिभीको सहयोगमा साइकल चोर पक्राउ

वीरगन्ज-

पर्सा प्रहरीले सिसिटिभी फुटेजको आधारमा साइकल चोरीको अभियोगमा एक २६ वर्षीय युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

नेशनल मेडिकल कलेजबाट साइकल चोरी भएको घटनाको अनुसन्धानका क्रममा सिसिटिभी फुटेज जाँच गर्दा साइकल चोरी गरिरहेको देखिएपछि वीरगन्ज महानगरपालिका–२४, रामगढवा निवासी लाल महम्मद अन्सारीलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार वीरगन्ज महानगरपालिका–१५, भेडियाहीस्थित नेशनल मेडिकल शिक्षण अस्पतालबाट गत वैशाख १३ गते चोरी भएको साइकलको अनुसन्धानका क्रममा अन्सारीको रामगढवास्थित निवासबाट ५ थान साइकल बरामद गरिएको थियो।

उहाँका अनुसार बारा जिल्लाको प्रसौनी गाउँपालिका–५ निवासी विशाल साहको साइकल चोरी प्रकरणको अनुसन्धान गर्दा पनि अन्सारीको संलग्नता सिसिटिभी फुटेजबाट खुलेको थियो। त्यसपछि प्रहरीले शनिबार साँझ उनलाई उनकै घरबाट पक्राउ गरेको हो।

पक्राउ परेका अन्सारीमाथि चोरी सम्बन्धी कसुर अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस