२०८३ जेष्ठ १८ गते, सोमबार १८:२०

सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दैलेखमा दुर्घटना, मानवीय क्षतिको आशंका

सुर्खेत-

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एक जिप दैलेखमा दुर्घटनामा परेको छ। सोमबार दिउँसो १२ बजेपछिको समयमा दैलेख जिल्लाको भैरवी गाउँपालिका अन्तर्गत कालगौँडा क्षेत्रमा जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी सन्तोष रोकायाका अनुसार दुर्घटनामा केही व्यक्तिको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि मृतकको संख्या र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य केही यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था भइरहेको बताइएको छ।

प्रहरी टोली घटनास्थलमा पुगेर थप विवरण संकलन गरिरहेको छ। दुर्घटनाको कारण तथा क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस