२०८३ जेष्ठ १८ गते, सोमबार १९:१९

‘हचुवामा प्रधानमन्त्रीले अभिव्यक्ति दिन मिल्दैन, नेपालले कसैको भूमि मिचेको छैन’

काठमाडौं –

नेकपा एमालेका सांसद ऐनबहादुर महराले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अघिल्लो दिनको संसद् उपस्थितिलाई ‘छापामार शैलीको’ भएको भन्दै उनले लोकतान्त्रिक व्यवस्था, संविधान र संसद् नेपाली जनताको ठूलो बलिदान, संघर्ष तथा सहिदहरूको योगदानबाट स्थापित भएको बताएका हुन् ।

‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको भएको थियो । सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठुलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो । देशका लागि हाम्रो पुर्खाले धेरै रगत बगाएका छन्, उनले भने ।

प्रधानमन्त्रीले संसद्बाट ‘छिमेकी मुलुकको भूमि मिचिएको’ भन्ने अभिव्यक्ति हचुवाका भरमा दिएको आरोप लगाएका छन् । उनले उक्त अभिव्यक्ति संसद् हटाउन र प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने माग गरे ।

उनले भने, ‘तर प्रधानमन्त्रीले हचुवाको भरमा सदनबाट भरको भूमि मिचेको छ भनेर अभिव्यक्ति दिनुभयो यो गैरजिम्मेवारी, राष्ट्रघाती अभिव्यक्ति सरह सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भन्दै सदनको ध्यानाकर्षण गराउन चाहन्छु । ’
उनले नेपालले कसैको भूमि नमिचेको दाबी गर्दै नेपालको एक इन्च भूमि पनि कसैलाई नदिनेपनि स्पष्ट पारे ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस