२०८३ जेष्ठ २१ गते, बिहीबार १२:०५

दिल्लीदेखि बिहारसम्म आगोको कहर: २५ जनाको ज्यान गयो, सुरक्षा व्यवस्थामाथि प्रश्न

वीरगन्ज

भारतमा पछिल्ला दिनहरूमा भएका दुईवटा भीषण आगलागीका घटनाले जनधनको ठूलो क्षति भएको छ। राजधानी दिल्ली र बिहारमा भएका छुट्टाछुट्टै आगलागीमा कम्तीमा २५ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।

दिल्लीको दक्षिणी क्षेत्र मालवीय नगरस्थित होटल तथा रेस्टुरेन्ट रहेको भवनमा जुन ३ मा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आगो भवनको तल्लो भागमा रहेको रेस्टुरेन्टबाट सुरु भएर माथिल्ला तलासम्म फैलिएको थियो। धुवाँ र आगोबाट बच्न केही व्यक्तिले भवनबाट हाम फालेका थिए भने ४० भन्दा बढीलाई उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएको थियो।

यसैबीच, बिहीबार बिहान बिहारको मुजफ्फरपुरस्थित राज्यकै ठूलो प्रसाद अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा कम्तीमा ४ बिरामीको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार अस्पतालको पाँचौं तल्लामा रहेको आईसीयूमा सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आगलागीपछि आईसीयूमा रहेका १५ बिरामीलाई उद्धार गरी शहरका विभिन्न अस्पतालमा स्थानान्तरण गरिएको छ। केही बिरामीको अवस्था गम्भीर रहेको बताइएको छ। अस्पतालका आफन्तहरूले आगलागी सुरु भएपछि कर्मचारी र चिकित्सकहरू घटनास्थल छाडेर भागेको आरोप लगाएका छन्।

करिब एक घण्टाको प्रयासपछि दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिएका थिए। आगलागीमा आईसीयू वार्डका इन्चार्जसमेत घाइते भएका छन् र उनको उपचार भइरहेको छ।

लगातार भएका यी दुई घटनाले भारतका होटल तथा अस्पतालजस्ता संवेदनशील संरचनाहरूमा अग्नि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायहरूले दुवै घटनाको छानबिन सुरु गरेका छन्।

प्रतिक्रिया

बिहारको मुजफ्फरपुरस्थित अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिँदा १० जनाभन्दा बढी बिरामीको मृत्यु भएको दाबी

मुजफ्फरपुर– भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रमा रहेको

बिहारको मुजफ्फरपुरस्थित अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिँदा १० जनाभन्दा बढी बिरामीको मृत्यु भएको दाबी

मुजफ्फरपुर– भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रमा रहेको

पोडकास्ट सुन्नुहोस