नेपाल –
विद्युतीय व्यवसायी महासंघको आयोजनामा तथा ट्रान्सवेल्ड ट्रान्सफर्मरको प्रायोजनमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण काठमाडौंस्थित भृकुटीमण्डपमा जारी छ। इलेक्ट्रो–टेकमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको उल्लेखनीय सहभागिता रहेको छ ।












