२०८३ जेष्ठ २५ गते, सोमबार २३:०३

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

रुपन्देही –

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त ५ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

लुम्बिनीमा केही दिनअघि एमालेका ४ र जसपाबाट १ मन्त्री नियुक्त भएका थिए । पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट रुपन्देहीका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्घाखॅाचीका रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, बाँकेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र गुल्मीका डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

मुख्यमन्त्री चेतनाथ आचार्यले २० गते सिफारिस गरे पनि लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीमगर प्रदेश बाहिर रहेकाले नयाँ मन्त्रीहरूलाई आज शपथ गराइएको हो ।

प्रतिक्रिया

निजी विद्यालय इतिहासमै पहिलो क्रान्तिकारी सुरुवात: साउथ जोनका १८२५ विद्यार्थीकै २४सै घण्टा स्वास्थ्य र दुर्घटना बीमा!

वीरगन्ज- पर्साको वीरगन्ज–१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले विद्यालय शिक्षाको

निजी विद्यालय इतिहासमै पहिलो क्रान्तिकारी सुरुवात: साउथ जोनका १८२५ विद्यार्थीकै २४सै घण्टा स्वास्थ्य र दुर्घटना बीमा!

वीरगन्ज- पर्साको वीरगन्ज–१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले विद्यालय शिक्षाको

पोडकास्ट सुन्नुहोस