२०८३ जेष्ठ २६ गते, मंगलवार १५:५१

महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस

काठमाडौँ –

प्रधानमन्त्री बालेन शाह ले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।

प्रधानमन्त्री शाहले आजै महावीर पुनलाई नयाँ मन्त्रीका रूपमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष औपचारिक सिफारिस गरेका हुन् । सिफारिस अनुसार पुनले आजै दिउँसो ३ बजे शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिने तयारी रहेको छ ।

विज्ञान तथा प्रविधि क्षेत्रमा लामो समयदेखि सक्रिय पुनलाई सरकारको नवप्रवर्तन तथा प्रविधि विकाससम्बन्धी जिम्मेवारी दिने निर्णयलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस