२०८३ जेष्ठ २६ गते, मंगलवार १६:४२

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर संसद्मा बबाल, प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ

विपक्षी दलहरूको लगातारको नारावाजी र अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री बालेन शाहले दिएको एक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै विपक्षी दलका सबै सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध गरिरहेपछि बैठक स्थगित गरिएको हो।

संसद्मा हंगामा र गतिरोध अन्त्य हुने स्थिति नदेखिएपछि सभामुख डिपी अर्यालले प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्ति अमर्यादित र संसदीय गरिमा विपरित भएको भन्दै संसद्मै फिर्ता लिनु पर्ने वा माफी माग्नुपर्ने अडान राख्दै आएका छन्। सभामुख अर्यालले पटक-पटक सांसदहरूलाई आसन ग्रहण गर्न र सदनको कारबाही अगाडि बढाउन आग्रह गरे पनि विपक्षीहरूको अवरोध कायमै रहेपछि बैठक भोलि बस्ने गरी स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस