२०८३ जेष्ठ २९ गते, शुक्रबार १७:३७

बजेट दस्तावेज अध्ययन गरेर मात्रै टिप्पणी गर्न सांसदलाई अर्थमन्त्रीको आग्रह 

काठमाडौं –

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन विधेयकको ‘पातलो पुस्तिका’ प्राप्त नगरेको जस्तो देखिएको उल्लेख गरे । उनले भने, ‘किताब पाएको भए पनि त्यसको शेरोफेरोमा रहेर टिप्पणी गर्नुको सट्टा समग्र बजेट विनियोजन र प्रस्तुत विवरण सुनेर धारणा बनाइएको जस्तो लाग्छ ।’

आदिवासी जनजातिका लागि छुट्याइएको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले अनुसूची–२ मै स्पष्ट रूपमा विवरण उल्लेख गरिएको बताए । ‘त्यहाँ केही पनि राखिएको छैन भन्ने कुरा सुन्नमा आयो, तर दस्तावेजमै हेरेर छलफल भएको भए बहस अझ केन्द्रित हुन्थ्यो,’ उनले भने ।

उनले आगामी दिनमा मन्त्रालयगत छलफलमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी लगायतका क्षेत्रमा सम्बन्धित मन्त्रीहरूको उपस्थितिमा विस्तृत छलफल हुने भएकाले सांसदहरूले आफ्ना सुझाव र चासो त्यहीँ राख्न सक्ने बताए ।

उनले भने, ‘धेरै मान्य ज्युहरुले राख्नु भएका विकास निर्माणका चासोहरु अब आउँछ । मन्त्रालयगत विनियोजनमा अब शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी लगायतका मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीकै अगाडि मान्य ज्युहरुले यति कुरा राख्नु हुने नै छ ।’

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस